एकीकृत विकास कार्ययोजना बनाउँदै गाउँपालिका

काभ्रेपलाञ्चोक, १६ कात्तिक । काभ्रेपलाञ्चोकका चार स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय गरेका छन् । जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतबद्धता जनाएका हुन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, […]