जडीबुटी प्रशोधन कम्पनी स्थापना प्रभावित

सुदूरपश्चिम प्रदेशमा जडिबुटी प्रशोधन कम्पनी स्थापना गर्ने प्रक्रिया सुरु हुन सकेको छैन । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड काठमाडौंबीच चैतभित्रै प्रक्रिया सुरु गर्ने गरी सम्झौता भएपनि काम नभएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले काम अगाडि बढाउन नसकिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु

भदौ १०, जाजरकोट । कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु गरिएको छ ।  करीब रू. आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।  भेरी नगरपालिका–३ को राताचौरमा निर्माण शुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए ।  बुधवार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका हुन् । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् ।  केन्द्रमा एक वर्षमा रू. १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौंले निर्माणको जिम्मा लिएको छ । रासस

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको

सङ्घीय र सुदूर प्रदेश सरकार साझेदारीमा जडीबुटी कम्पनी स्थापना गरिँदै

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य मानिएका जडीबुटीको खेती विस्तार, सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्नका लागि सङ्घीय सरकार र सुदूरपश्चिम सरकारको सहकार्यमा जडीबुटी प्रशोधन कम्पनी खडा हुने भएको छ ।

जडीबुटी प्रशोधन केन्द्रकाे महाप्रवन्धकका लागि दरखास्त आहृवान

७ कात्तिक, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रवन्धक नियुक्तीका लागि आवेदन मागेको छ । मन्त्रालय अन्तर्गतको महाप्रवन्धक नियुक्तीका लागि गठित छनोट समितिले रिक्त स्थानमा पदपूर्ति गर्न सार्वजनिक सूचना …