स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी