जर्जर बनेको वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्निर्माण सुरु गरिएको छ । रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गरिँदै छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार हाल ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो ।