भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ ।
केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको छ ।
भारतसित ओहरदोहर गर्ने सुदूरपश्चिमको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यहाँ सुनसान रहेको कोरोना अस्पताल सङ्क्रमितले भरिन थालेका छन् भने बन्द...