पोखराका व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिँदै

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । हाइमास्ट लाइटले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्नेछ । स्मार्ट सडक बत्ती र हाइमास्ट लाइट जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार महानगरले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा हाइमास्ट लाइट जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । रासस

सम्बन्धित सामग्री

उज्यालो पोखरा बनाउन दुई हजार स्मार्ट बत्ती जडान

पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन दुई हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा एक÷एक हाइमस्ट लाइट जडान गरिएको हो । सभागृह चोकदेखि चिप्लेढुङ्गा, पुरानो एयरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र महानगरको आधा आधा साझेदारीमा हाइमस्ट र स्मार्ट सडक बत्ती राखिएका हु

पाेखरालाई झिलिमिली बनाउन चाेकचाेकमा 'हाई मास्ट' र 'स्मार्ट' बत्ती

काठमाण्डाै – नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई 'हाई मास्ट' र 'स्मार्ट' सडक बत्तीबाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाई मास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म आठ वटा हाई मास्ट लाइट जडान गरिएक...

१३ करोड खर्चेर पोखराका चोकमा हाईमास्ट लाइट र स्मार्ट सडक बत्ती जडान शुरु

पर्वत : पोखरा महानगरपालिकाले पोखरालाई आकर्षक र थप सुरक्षित बनाउनको लागि १३ करोडको लागतमा हाईमास्ट सडक बत्ती जडानको काम शुरु गरेको छ।पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता भएपछि गत भदौ १० गते महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेकोमा हाईमास्ट बत्तीको जडानको काम शनिवारदेखि सुरू भएको हो। ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तरगत पोखराको जिरो किलोमिटर चोकमा ‘हाईमास्ट लाइट’ जडान गरेर परीक्षण पनि भएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने

पोखराका व्यस्त चोकमा स्मार्ट लाइट जडान हुँदै

कास्की । भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त हाइमास्ट लाइट जडान गरिने भएको छ ।      महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय सहर पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो । ‘हाइमास्ट लाइट’ ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातीको समय यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।      स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्तार गर्न सहमति भएर काम अगाडि बढाइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।       उनका अनुसार महानगरपालिकाले नगरभित्रको ८० किमि क्षेत्रभित्र सडक बत्ती जडान र पोखराका व्यस्त ३० वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।       महानगर र विद्युत् प्राधिकरणबीच ‘हाइमास्ट लाइट’ जडानका लागि सहमति भएपछि प्राधिकरणको तर्फबाट १२ करोड ७५ लाख ८९ हजार बजेट स्वीकृत भएर बोलपत्र आह्वानलगायतका काम अघि बढेको थियो । प्रवक्ता नेपालीले भने, ‘प्राधिकरणसँगको सहकार्यमा पोखरा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने कार्य अगाडि बढेको छ । सम्झौताअनुसार योजनाको लागतमा महानगरपालिका र प्राधिकरणको बराबर साझेदारी रहनेछ ।’      महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये १ करोड ५० लाख प्राधिकरणको खातामा जम्मा गरिसकेको छ । दसैंलगत्तै निर्माण कम्पनीलाई काम थालनी गर्न विद्युत् प्राधिकरणले पत्राचार गरिसकेको छ ।      यसैगरी पोखरा महानगरभित्रको ढल व्यवस्थापन गर्न गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ । सहमतिअनुसार दुई वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरुयोजना तयार पार्नेछ । उक्त कार्यका लागि जापानले निजी कम्पनी छनोट गरिसकेको र कात्तिक पहिलो साताबाट विज्ञको टोली पोखरामा खटिने महानगरले जनाएको छ । रासस

अब पोखराका चोक–चोकमा ‘हाइमास्ट लाइट’

भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकाका सडकका मुख्य र व्यस्त चोकमा स्मार्ट सडक बत्ती र उच्च क्षमतायुक्त ‘हाइमास्ट लाइट’ जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पर्यटकीय शहर पोखरालाई उज्यालो सहरका रुपमा विकास गर्न बत्ती जडान गर्न लागिएको हो ।  ‘हाइमास्ट लाइट’ले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा पैदलयात्रीलाई समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।  स्मार्ट सडक बत्ती र ‘हाइमास्ट लाइट’ जडान तथा विस्त...