सीमा सुरक्षा गर्न बीओपी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ : गृहमन्त्री खाण

नवलपरासी – गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि बीओपी स्थापनाकाे कामलाई प्राथमिकता दिएको बताउनुभएको छ । आज बुधवारदेखि नवलपुरको कावासोतीमा सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्ताे बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘सीमा सुरक्षाका लागि सुरक्षाकर्मीको उपस्थितिसहित सरकारले बोर्डर आउट पोस्ट स्थापना गर्दैछ ।’ सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको भन्दै मन्त्री खाणले आवश्यक सङ्ख्यामा बीओपी स्थापना गर्...