ठेकेदार कम्पनीको लापरबाही‚ यस वर्ष पनि भएन लोकमार्ग कालोपत्रे

बागलुङ : वर्षौंदेखि अलपत्र परेको पूर्व–मश्चिम मध्यपहाडी लोकमार्गको बागलुङखण्ड यस वर्ष पनि सबै कालोपत्रे हुन सकेन। हरेक वर्ष निर्माण कम्पनीले वर्षा लागेपछि काम गर्न शुरु गर्छ। वर्षा र अन्य बहाना बनाउँदै आएको निर्माण कम्पनीले यस वर्ष पनि ठगेको छ।बजारदेखि खहरेसम्म सडक कालोपत्रे भए पनि खहरेदेखि अक्षतेसम्म सडकको अवस्था विजोक छ। बागलुङ बजारको उपल्लाचौरदेखि घोडाँबाधेसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडकको तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म कालोपत्रे भइसकेको मध्

सम्बन्धित सामग्री

उपत्यकाका सीमित सडकमा कालोपत्रेमाथि कालोपत्रे

पुरानो कालोपत्रे नउप्किँदै मुख्य सडकहरूमा कालोपत्रे गर्न सरकारले नै हरेक वर्ष छुट्याउँछ बजेट उपत्यकाका कतिपय सडक चाहिनेभन्दा छोटो समयमै कालोपत्रे भए पनि कतिपय भने लामो समयसम्म पनि कालोपत्रे हुन सकेका छैनन् ।...

बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ । हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो । चालु आर्थिक वर्षमा पाटीखर्क-चलाल गणेशस्थान-आलुबारी पाटी-मुसेखोल्सा सडक अन्तर्गत ३.७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । जसअन्तर्गत २.५ किलोमिटर कालोपत्रे […]

एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ पुल बन्यो

२५ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४. ३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ । त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ […]

खर्च र सडक कालोपत्रे दुवैमा कमजोर

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा सडक कालोपत्रे विगत चार वर्ष यताकै न्यून गरेको छ।...

कालोपत्रे गरेको दुई वर्षमै भत्कियो दोलखा–सिँगटी सडक

सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो । कालोपत्रे...

२ वर्ष ढिला गरी थालियो प्रसूति गृह जाने सडकमा कालोपत्रे

६ फागुन, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह जाने सडकको कालोपत्रे थालिएको छ । निर्धारित सयमभन्दा करिब २ वर्ष ढिला गरेर सडक कालोपत्रे गर्न थालिएको हो । काठमाडौं महानगरपालिकाले करिब ४ करोड २० लाख रुपैयाँमा यो सडक निर्माणको कँडेल निर्माण सेवालाई ठेक्का लगाएको थियो । तर, काममा ढिलाइ भएपछि स्वास्थ्यकर्मी, गर्भवति, सुत्केरी, बिरामी र उनीहरुका […]

बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने

लमजुङ – बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षमा १२ वटा सडक कालोपत्रे गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले चालू आर्थिक वर्षमा लागत साझेदारीमा उक्त सडक कालोपत्रे तथा ढलान गर्ने निर्णय गरेको हो । नगरपालिकाको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लागत साझेदारी हुने गरी कालोपत्रे र ढलान गर्ने निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए […]

सडक कालोपत्रे लक्ष्यको ८५ प्रतिशत

विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा ११ सय ९० किलोमिटर कालोपत्रे गरेको छ।...

गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पा...

गल्छी–मैलुङ सडकको २५ किलोमिटर कालोपत्रे सकियो

रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी मैलुङ सडकको २५ किलोमिटर कालोपत्रे सकिएको  छ । रसुवागढी नाका जोड्ने छोटो दूरीको रूपमा रहेको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिने छ । जसमा हालसम्म २५ किलोमिटर सडकमा दोस्रो लेयरको कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीं–रसुवागढी सडक योजनाले जनाएको छ । बाँकी ५ किलोमिटर सडकको आउँदो आर्थिक वर्षभित्र कालोपत्रेको काम गरिने छ । नुवाकोटको विदुर क्षेत्रमा ६ किलोमिटर र बेत्रा...