स्थानीय निर्वाचन खर्च विवरण नबुझाउनेको जरिवाना मिनाहा गर्न राष्ट्रपतिसँग अनुरोध गरिने

गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउँदा कारबाहीमा परेकाहरूले जरिवाना मिनाहा गराउन राष्ट्रपतिसमक्ष सामूहिक निवेदन दिने भएका छन् । निर्वाचन आयोगले कानुनबमोजिम निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजारभन्दा धेरै उम्मेदवारलाई जरिवाना तोकेर नाम सार्वजनिक गर्दै छ महिनाभित्र जरिवाना तिर्न सूचित गरेको थियो ।

सम्बन्धित सामग्री

जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा बालेनको निवेदन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई तोकिएको जरिवाना मिनाहा गरिदिन आग्रह गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले उनलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको थियो।