देश आर्थिक रुपमा कमजोर भएको माओवादीको स्विकार

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देश आर्थिक रुपमा कमजोर भएको स्विकारेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले देश आर्थिक रुपमा कमजोर होला, तर यो देश स्वाभिमान, प्राकृतिक स्रोत र साधन, जनशक्ति र बहादुरीको रुपमा कमजोर छैन।‘उनले अहिले नीति तथा कार्यक्रमले सबै समस्या हल गर्छ भन्ने नभए पनि एक आशा भने देखाएको बताएका छन्।