सत्ता समीकरणको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा चालु आर्थिक वर्षको बजेटमा छलफल भइरहेका बेला बजेटमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू सम्मिलित सरकारले ल्याएको बजेटप्रति आलोचना गर्दै मुलुकको विकास गर्न सरकारमा गएको र त्यो हुन नसके आफू सन्तुष्ट हुन नसक्ने बताए ।