काठमाण्डाै – नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान-२०२२ अन्तर्गत अहिलेसम्म ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको छ । गएको चैत २२ गते देखि शुरु भएको अभियान अन्तर्गत चारवटा हिमालबाट गरी ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सङ्कलन भएको फोहोरमध्ये पाँच हजार दुई सय ६६ किलो कुहिने र २५ हजार ७८ किलो नकुहिने फोहोर रहेको सेनाले जनाएको छ । सेनाले सबैभन्दा धेरै कञ्चनजंघा हिमालबाट १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन गरेको...