वाइड बडी विमान खरीद प्रकरणमा कर्मचारीमाथि कारवाहीसहितको प्रतिवेदन बुझाइयो :: Pahilopost.com

काठमाडौं : वाइड बडी जहाज खरीद प्रक्रियामा भष्ट्राचार भएको दाबी गर्दै संसदको लेखा समिति अन्तर्गत गठन भएको उपसमितिले निगम पदाधिकारी र सञ्चालक समितिका तत्कालीन अध्यक्षहरु विरुद्ध निलम्बनसहित कारबाहीको सिफारिस गरेको छ। उपसमितिको प्रतिवेदनमा राजनीतिक नेतृत्वमाथि भने नैतिकताको प्रश्न उठाइएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी संयोजकत्वको समितिले पूर्ण समितिलाई