सुन-चाँदीका सिक्का मोह (तस्वीरहरू)

२० कात्तिक, काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । तिहारका लागि राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सुनका असर्फी र चाँदीका […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

काठमाडौं,२३ कात्तिक। पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ। काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३हजार थान सिक्का बिक्री गरेकोक हो। राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ।

धनतेरस विशेष: डिजिटल सम्पत्तिको संग्रह

सम्पत्ति र समृद्धिको पर्व धनतेरसमा गरगहना, तामा, पित्तल, काँस, सिलाबर आदिका भाँडाकुँडा, सवारीसाधन, सुन, चाँदीका सिक्का, देवीदेवताका मूर्ति तथा प्रतिमा किन्ने चलन छ । आफूसँग भएका यस्ता धन–सम्पत्तिको पूजा यस दिन गरिन्छ । तर हिजोआज धनतेरसमा खरिद गरिने सम्पत्ति भौतिक मात्रै छैनन्, डिजिटल पनि छन् । यसका लागि बजार–बजार चहार्नु पर्दैन, डिजिटल माध्यमबाटै किनमेल हुन्छ ।

किन्ने हो सुन र चाँदीको सिक्का ?

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री शुरु गरेको छ । राष्ट्र बैंकले टक्सार विभागबाट धनतेरसको अवसर पारेर सिक्का वितरण गर्न थालेको प्रवक्ता देवकुमार ढकालले बताए । राष्ट्र बैंकले केही वर्ष अघि पनि सर्वसाधारणका बहुमूल्य सिक्का बिक्री वितरण गर्ने गरेको थियो । सुन तथा चाँदीको यस्ता सिक्का सर्वसाधारणले लक्ष्मी पूजाको […]