मास्कमा कालोबजारी गरेको आरोपमा हेटौँडामा तीन जना पक्राउ

मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।   

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।