काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकाले कप्तानगञ्ज बजारमा भएको हिंसात्मक घटनापछि दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । घटनामा एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुःख व्यक्त गर्दै शोक बिदाको घोषणा गरेको हो । गाउँपालिका–३ अन्तर्गत कप्तानगञ्ज बजारमा भएको दुई समुदायबीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो […]