विपी प्रतिष्ठान : लोक सेवाको सहभागिताबिना नियुक्ति र बढुवा नगर्न अदालतको आदेश

काठमाडौँ : उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब कर्मचारी नियुक्ति र बढुवा लोक सेवा आयोगको सहभागिता बिना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।बुधवार उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद बरालले विपी कोइरालाका नाममा लोक सेवा आयोगको सहभागिताबिना कर्मचारी नियुक्ति र बढुवा नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।  उच्च अदालतले १७ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सो अवधिसम्म लोक सेवा आयोगको सहभागिताबिना  कर्मचारीको नियुक्ति तथा