म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिबारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ […]