कोरोना कहरः जिल्ला प्रशासन कास्कीको सेवा कटौती

जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि राहदानी लगायतका सेवा स्थगित भएको छ । कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि केही समयका लागि सेवा स्थगित गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित गरिएको छ । तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने छ ।प्रशासनले भारतीय प

सम्बन्धित सामग्री

आइतवारदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

माघ ७, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि ६ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको छ ।  शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।  संक्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जानकारी दिइएको छ ।  जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले शुक्रवारदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जानकारी दिएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना संक्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।  यस्तै रोशी गाउँपालिकाले आप्mना कर्मचारी कोरोना संक्रमित भएपछि बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जानकारी दिइएको छ ।  चौँरीदेउराली गाउँपालिकाले बुधवारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना संक्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ जना संक्रमित छन् । यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा संक्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ संक्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय संक्रमित रहेका छन् ।  तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक संक्रमितको मृत्यु भएको हो । हालसम्मका कुल संक्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ संक्रमणमुक्त भएका हुन् । रासस

रूपन्देही प्रशासनद्वारा सेवा कटौती

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि धमाधम सेवा कटौती गर्दै सरकारी कार्यालय

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सरकारीले कार्यालयले अत्यावश्यकबाहेकका सेवा सुविधा कटौती गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार र ललितपुरले बुधबारदेखि अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौति गरेका छन् । त्यस्तै राहदानी...

काठमाडौं जिल्ला प्रशासन कोरोना मारमा : नागिरकता दिन रोकियो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ । कर्मचारीलाई कोभिड संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।   “सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ …