नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ठूलो महŒव राख्ने बताउनुभएको छ । लामो समयपछि हुन लागेको यस खालको उच्चस्तरीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध झन् बलियो बनाउने स्पष्ट गर्दै उहाँले भ्रमणमा लेनदेनको कुराभन्दा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।