कोरोनाभाइरस कोभिड—१९ को पहिलो लहरमा बालबालिका कम प्रभावित भएका थिए । तर, दोस्रो लहरमा नयाँ भेरियन्ट देखिएसँगै बालबालिकाको संक्रमण ह्वात्तै बढेको छ । मंगलबार सार्वजनिक गरिएको रिपोर्टमा नयाँ संक्रमितमध्ये ९ वर्ष मुनिका १८३ जना बालबालिका संक्रमित भएका छन् भने ६७६ जना १० देखि १९ वर्षसम्म उमेर समूहका रहेका छन् । गत २४ घण्टामा कूल ८५९ जना बालबालिका संक्रमित भएका छन् ।संक्रमणको दोस्रो लहरको सुरुवातकाल अर्थात् झण्डै एक महिना अगाडिदेखि नै काठमाडौँ उपत्यकासँगै पोखरा लगायतका स्थानमा बालबालिकामा कोरोन