नेपाली कलाक्षेत्रका सफल कलाकार हुन् हरिहर शर्मा । नाटक, सिरियल होस् वा चलचित्र, सबैतिर उनको अभिनय देख्न सकिन्छ । प्रज्ञा प्रतिष्ठानबाट २०३० सालदेखि कलाकारिता सुरु गरेका उनी अहिले पनि यही कर्ममा छन् । अभिनयकर्मबाटै विभिन्न अवार्डका साथमा गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, प्रज्ञा प्रतिष्ठान दीर्घ सेवा पदकलगायत थुप्रै पुरस्कार र पदवीबाट विभूषित उनी पछिल्लो समय नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हुन् । राष्ट्रिय नाचघर, प्रज्ञा प