खोटाङमा म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।  म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज

सम्बन्धित सामग्री

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनाेट

काठमाडौं । निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोलेकोमा ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । माग भन्दा आवेदन […]

म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३

जुम्ला –  मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६ देखि ९ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेको थियो । यस अवधिका जुम्लाबाट एक हजार ६ सय ७३ जनाले आवेदन दिएका छन् […]

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन

काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ । बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् ।  दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय […]

म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरु

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनाेट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनाेट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छन...

लमजुङमा ९८७ म्यादी प्रहरी खटिए

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीमा आवेदन दिएका दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ र हिमाली जिल्ला मनाङका लागि ८७ जना छनोट भएका हुन् । जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङक

म्यादी प्रहरी छनौट प्रक्रिया सुरु

ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ । ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार […]

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

एक लाख म्यादी प्रहरी माग्दा ३ लाखले दिए आवेदन

१३ चैत, काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त […]

लमजुङमा म्यादी प्रहरी हुन ३ हजार ६३४ जनाले दिए आवेदन

लमजुङ – आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका छन् । आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । जसमा ३ सय ९६ जना महिला र […]

धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

जनकपुरधाम : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला र पुरुषको कोटा नछुट्याएकाले आवेदनको आधारमा भर्ना गरिनेछ।जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाका आधारमा पहिलो दिनदेखि नै जिप्रका धनुषामा आवेदन दिनेको भीड लागेका बताए।भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दि