नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि भन्दै केही दिन अगाडि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । परिवर्तन नेपाल नामक संस्थाले घोषणा गरेको महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।नेपालमा भएको कलासंस्कृति अतिक्रमणको बिषयमा महाअभियानले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको छ । विहिबार प्रधानमन्त्री निवास बालुटारमा महाअभियानको एक टोलीले भेट गर्दै देशमा बढ्दै गैरहेको सां