सुदूरपश्चिममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षभित्रैका २ गुटबीच रस्साकस्सी बढेको छ ।
प्रदेश समितिको नेतृत्वका लागि देउवा पक्षभित्रैका रमेश लेखक र एनपी साउद पक्षबीच जुँगाको लडाइ चलिरहेको हो ।
ती २ उपगुटभित्र सहमतिको प्रयास असफल भएपछि तोकिएको निर्वाचन तालिका समेत हेरफेर गरिएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि तोकिएको मनोनयन दर्ताको समय तालिका दिउँसो २ बजेदेखि निर्धारण गरिएको छ ।
तालिका अनुसार २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता, ४ देखि ५ बजेसम्म दाबी विरोध, ५ बजेर २० मिनेटसम्म उम्मेदवार...