नेपालमा चीनले बढाएको सहयोग भारतीय–अमेरिकी प्रभावलाई रोक्ने प्रयास स्वरुप आएको हो ?

चीनले यस वर्ष नेपाललाई विभिन्न आयोजनामा लगानी गर्न १५ अर्ब रुपैयाँ अनुदान दिने बाचा गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काको हालैको तीन दिने चीन भ्रमणका क्रममा यस्तो घोषणा गरिएको हो । भ्रमणमा खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट्नुका साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको थियो ।चिनियाँ विदेश मन्त्री वाङ यीले सन् २०२२ का लागि नेपालले छनोट गरेका आयोजनाहरुमा लगानी गर्न चीनले नेपाललाई १५ अर्ब रुपैयाँ (८० करोड आरएमबी) अनुदान दिने घोषणा गरे ।  उनले नेपालको अनुरो