फेजाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा)को प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत असोज २९ गतेबाट औपचारिक रूपमा आएको फेजाले शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।  सभाले फेजाको तदर्थ समितिलाई नै आगामी कार्यकालका लागि कार्यसमितिको रूपमा निरन्तरता दिने निर्णय गरेको छ । समिति सदस्य गीता भुजेलले आफ्नो पदबाट राजीनामा दिएकाले बाँकी कार्यकालका लागि भुजेलको स्थानमा अम्बिका शर्मालाई नियुक्त गर्ने तदर्थ समितिको निर्णयलाई समेत सभाले अनुमोदन गरेको छ ।  नवनियुक्त सदस्य शर्मा १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । हाल उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् । तदर्थ समिति नै आगामी कार्यकालका लागि नियमित हुने वैधानिकता अधिवक्ताद्वय भिमसेन रायमाझी र प्रकाश कोइराला सहभागी निर्वाचन कमिटीले प्रक्रिया पूरा गरेका छन् ।  आगामी कार्यकालका लागि निरन्तरता पाएको फेजाको कार्यसमिति ९ सदस्यीय छ । फेजाको अध्यक्षमा शर्मिला ठकुरी, उपाध्यक्षमा रूपा घिमिरे, महासचिवमा एलिजा उप्रेती, सचिवमा प्रजिता कुमारी बुढाथोकी र कोषाध्यक्षमा मुना कुँवर छन् । त्यसैगरी, सदस्यहरूमा रिना खत्री, भीमा पन्थी, अम्बिका शर्मा र सरस्वती अधिकारी छन् ।  आर्थिक पत्रकारितामा कलम चलाइरहेका महिला पत्रकारहरूको क्षमतासँगै नेतृत्व विकासका लागि आवश्यक काम गर्ने प्राथमिकताका लागि फेजा अघि बढेको छ । आगामी दिनमा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा आफ्ना सदस्यहरूको क्षमताका विकासका लागि काम गर्ने योजना फेजाको छ । 

सम्बन्धित सामग्री

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

इप्पानको वार्षिक साधारणसभा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २१ औं वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ।...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न

युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मेगा क्यापिटल मार्केटको पाँचौं वार्षिक साधारणसभा

मेगा क्यापिटल मार्केट पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ।