संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍बाट छिटो पारित गर्नुपर्ने बताएका छन्।शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसद्‍बाट पारित गर्न ढिलाई गर्न नहुने उनको भनाइ थियो। बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्