संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई यूबीएसले किन्यो

संकटग्रस्त बनेको क्रेडिट स्वीस बैंकलाई युनियन बैंक अफ स्वीट्जरल्याण्ड (यूबीएस)ले खरिद गर्ने सम्झौता गरेको छ । यूबीएसले स्वीस बैंकलाई ३ अर्ब स्वीस फ्र्यांक (३ अर्ब २५ करोड अमेरिकी डलर) मा खरिदको सम्झौता गरेको हो । १६७ वर्ष पुरानो स्वीस बैंकले समयमै तरलताको व्यवस्थापन गर्न नसक्दा संकटग्रस्त बनेको थियो ।