नियम उल्लंघन गर्ने सवारी कार्वाहीमा पर्वत ट्राफिकले उठायो ९ महिनामै ६० लाख राजश्व

वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पछिल्लो नौ महिनामा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार  ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको हो। बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएको नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठीक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लंघन गरेका लगायतबाट ५९ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । नौ महिनामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरू जीप तथा कार रहेका छन् । ४ हजार १०६ कार तथा जीपलाई गरिएको कारबाहीबाट ३३ लाख  ८० हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै, एक हजार दुई सय ३६ ओटा ट्रक र ट्रिपरमाथि गरिएको कारवाहीबाट आठ लाख १९ हजार पाँच सय, ५९२ ओटा बसबाट तीन लाख ७७ हजार ५००, चार सय ४९ ओटा ट्रयाक्टरबाट २ लाख ८६ हजार, १ हजार ५१३ मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ३१ हजार ५००  र अन्य चार ओटा कारबाहीबाट तीन हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । महिनागत रुपमा हेर्दा गत चैत महिनामा सबैभन्दा धेरै सवारीहरू कारबाहीमा परेका छन् । यो महिनामा एक सय ६४ ओटा ट्रक र ट्रिपर, ७२ ओटा बस, सात सय ५६ ओटा कार तथा जीप, ८५ ओटा ट्रयाक्टर र दुई सय २१ ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । चैतमा मात्रै १२ लाख ८८ हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ । सबैभन्दा कम गत साउन महिनामा पाँच लाख १० हजार ५०० रुपैयाँ सङ्कलन भएको छ। यो महिनामा एक सय ४४ ट्रक तथा ट्रिपर, ५२ ओटा बस, तीन सय एक ओटा कार तथा जीप, ३० ओटा ट्रयाक्टर र एक सय ४३ ओटा मोटरसाइकलमाथि कारबाही भएको छ । भदौमा आठ सय ५० ओटा सवारीबाट पाँच लाख ९१ हजार, असोजमा एक हजार कारबाहीबाट छ लाख ९४ हजार पाँच सय, कात्र्तिकमा एक हजार कारबाहीबाट सात लाख ७० हजार, मंसिरमा ६ सय कारबाहीबाट तीन लाख ८८ हजार पाँच सय, पुषमा नौ सय कारबाहीबाट छ लाख १९ हजार, माघमा आठ सय कारबाहीबाट पाँच लाख ५० हजार र फागुनमा सात सय ५० ओटा कारबाहीबाट पाँच लाख ८६ हजार रुपैयाँ उठेको छ । पछिल्लो तीन वर्षको राजश्व सङ्कलनको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी राजश्व सङ्कलन हुने आर्थिक वर्ष २०७९/०८० नै बन्ने निश्चित भएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा नौ हजार नौ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाच सय, २०७७/०७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि गरिएको कारबाहीबाट ३५ लाख सात हजार र २०७६/०७७ मा छ हजार तीन सात सवारीमाथि गरिएको कारबाहीबाट ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजश्व उठेको थियो। गत आर्थिक वर्षको १२ महिनामा उठेको राजश्व भन्दा चालू आर्थिक वर्षको नौ महिनामा उठेको राजश्व दुई लाख रुपैयाँले मात्रै कम भएकोले १२ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठ्ने देखिएको छ ।  प्रहरी नायव निरीक्षक निउरेका अनुसार पर्वत ट्राफिकले पछिल्लो समयमा प्रयोजन विपरीत चल्ने सरकारी सवारी, रातो ‘नम्बर प्लेट’ लिएर पनि सार्वजनिक सवारीको जस्तै व्यापार गरिरहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम माने पनि ग्रामिण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीहरूमाथि बढी निगरानी गरिएको छ । ‘बिदाको दिनमा पनि सरकारी नम्बर प्लेटका सवारीहरू सञ्चालन अनुमति नलिईकन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेर सम्बन्धित कार्यालयलाई जिम्मा दिने गरेका छौँ। रातो नम्बर प्लेटका निजी सवारी साधनहरूले प्रयोजन विपरीत सार्वजनिक यातायातको जस्तै भाडामा सवारी सञ्चालन गर्दै आएकाहरू पनि हाम्रो निगरानीमा छन् र त्यस्ता सवारी साधनलाई पनि नियमानुसार अधिकतम कारबाही गरेका छौ फलस्वरूप राजश्वमा समेत वृद्धि भएको छ’, ट्राफिक प्रहरी प्रमुख निउरे भन्छन्, ‘हामीले ग्रामीण क्षेत्रमा पनि छड्के अनुगमन गरिरहेका छौँ । मध्यपहाडी लोकमार्गमा चल्ने तथा यही बाटो हुँदै पर्यटकीय क्षेत्र मुस्ताङ जानेहरूलाई पनि राम्रोसँग जाँच गर्ने काम भइरहेको छ ।’  

सम्बन्धित सामग्री

ट्रफिक नियम उल्लंघन गर्ने ४५६ सवारी धनी कारबाहीमा

यातायात व्यवस्था विभागले मंसिर महिनामा ४५६ सवारी धनीलाई कारबाही गरेको छ। सवारी तथा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ। नियम उल्लंघन गर्ने सवारी धनी तथा सवारी चालकबाट...

निषेधाज्ञा उल्लंघन गर्ने २९१ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २३ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय १५ वटा गाडी र ७६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ । साथै नयाँ भेरियन्ट […]

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय बढी सवारी साधन नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।साथै कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय बढी सवारी नियन्त्रणमा

प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये ७ सय ५४ वटा गाडी र १ हजार ६ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सं

निषेधाज्ञा उल्लंघन गर्ने २,५३१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५३१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये ६६० वटा गाडी र १ हजार ८७१ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिएको प्रहरीले जनाएको छ।

गुल्मीमा निषेधाज्ञा उल्लंघन गर्ने ६० सवारी साधन नियन्त्रणमा

१८ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ती सवारी साधनलाई […]

निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १,३० वटा गाडी र १,६९० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा सवारी साधन नियन्त्रणमा लिइएको हो।

निषेधाज्ञा उल्लंघन गर्ने ५८० वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये २०२ वटा गाडी र ३७८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ। यस्तै, निषेधाज्ञामा बिना काम हिडडुल गर्ने १ हजार ४८४ जनालाई रोकी छाडिएको प्रहरीले जनाएको छ।

निषेधाज्ञा उल्लंघन गर्ने १७ सय २३ सवारी साधन नियन्त्रणमा

काठमाडौं, १४ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने […]

निषेधाज्ञा उल्लंघन गर्ने १,५३८ वटा सवारी कारबाहीमा

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ३८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ५६ वटा गाडी र १ हजार ८२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिएको प्रहरीले जनाएको छ । कोभिड १९ रोकथाम […]