एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुरूप महोत्तरीको बर्दिबासमा बनाउन लागिएको मेडिकल कलेजको काम ६ महिनादेखि रोकिएको छ । डिभिजन वन कार्यालय महोत्तरीले फाइल अघि नबढाउँदा कलेजको जग्गा प्राप्ति रोकिएको हो ।
महोत्तरीको बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेजको काम जग्गा प्राप्ति नहुँदा रोकिएको छ । जग्गा प्राप्तिमा अवरोध हुँदा सरकारले मेडिकल कलेज बनाउने निर्णय गरेको सात वर्षसम्म पनि काम अघि बढ्न नसकेको हो ।