गृहले भन्याे : ‘विभूषण पोहोर नै छापिएकाले ‘चुच्चे नक्सा’ नदेखिएको हो’

काठमाण्डाै – गृह मन्त्रालयले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई दिइएका विभूषणमा नयाँ नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएका विभूषणमा लिम्पियाधुरा तथा लिपुलेक समावेश नभएको पुरानै नक्सा रहेको भन्दै आलोचना भएपछि गृहले विभूषणहरु पोहोर नै छापिइसकेकाले नयाँ नक्सा राख्न नपाएको जनाएको छ ।संविधान दिवसको अवसरमा २०७६ सालको असोज तीन गते घोषणा भएको विभूषण २०७७ सालको वैशाख एक गते वितरण गर्न...