कृषि मन्त्रालयका कारण २० हजार मेट्रिकटन मल आयात अनिश्चित

२९ पुस, काठमाडौं । कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीमा नेतृत्व तोक्न अलमल गर्दा नेपाल ल्याउन तयारी गरिएको २० हजार मेट्रिकटन डीएपी मलको आयात अनिश्चित बनेको छ । स्विस सिंगापुर नामक विदेशी ठेकदारमार्फत इजिप्टबाट खरिद गर्न लागिएको २ अर्ब ६३ करोड १६ लाख ६४ हजार मूल्य बराबरको मल सम्झौता गर्ने अधिकारी नहुँदा अलपत्र बनेको गुनासो आयातकर्ताले […]