रोना भाइरस संक्रमणको तथ्याङ्क स्पष्टसँग छुट्याएर मात्र स्मार्ट लकडाउन गर्न सकिने विज्ञको राय छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य प्राध्यापक तथा महामारीविद् डा.केदारप्रसाद बरालले स्मार्ट लकडाउन लगाइएका क्षेत्रहरुमा थप स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरिएन भने पुनः पूर्ण लकडाउन नै गर्नुपर्ने स्थिति आउन सक्ने उहाँले बताउनुभयो ।