पुलले जोडियो दुर्गम बस्ती

जोगबुडा नदीपारिको दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोज पालिकाकै दुर्गम बस्तीमा पर्छ । आउजाउ गर्न झोलुंगे पुल थियो तर मालसामान ढुवानी तथा बिरामी बोक्न एम्बुलेन्स जाने बाटो थिएन । जसका कारण बिरामीले दोधारा स्वास्थ्य चौकी ल्याउन वा दोधारा चाँदनी क्षेत्रका गम्भीर बिरामीलाई सीमावर्ती भारतीय बजार खटीमा लैजान स्ट्रेचरमा खोला तार्नुपर्ने बाध्यता थियो ।

सम्बन्धित सामग्री

दुर्गम बस्ती मलम्पार पनि सडक सञ्जालमा जोडियो, तस्वीरहरू

म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गम बस्ती मलम्पार सडक सञ्जालमा जोडिएको छ। अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यस वर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्‍याइएको हो। सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको १० लाख बजेटबाट मलम्पारमा सडकको ट्याक निर्माण गरिएको वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिए। उनका अनुसार, मलम्पार पुगेको सडकलाई विस्तार गरी वडा नम्बर ६ मराङको बुल जोड्ने तयारी गरिएको छ। सडक सञ्जालल...