पूर्वन्यायाधीश बलराम केसी पूर्वन्यायाधीशहरूलाई अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमा रोक लगाउन नहुने भन्दै सर्वोच्च अदालत पुगेका छन् । पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक नलगाउन माग गर्दै वारेस सुशील श्रेष्ठमार्फत केसीले निवेदन पेस गरेका हुन् ।