दामोदर बैरागी : वडाले पत्याएन, सांसद बन्ने मौका

गत पुसमा भएको नेकपा एमालेको दशौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित दामोदर पौडेल बैरागीले प्रतिनिधिसभाको टिकट ल्याउँछन् भन्ने कमैले सोचेका थिए । तर, उनी स्वाभाविक आकांक्षीहरूलाई समेत चकित बनाउँदै कास्की–३ बाट सांसदको उम्मेदवार बनेका छन् । कतिपयले कास्कीमा ‘अभागी एमाले’ भन्ने गरेका बैरागी २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । २०२३ सालमा कास्कीको सल्यान […]

सम्बन्धित सामग्री

कास्कीका कुन उम्मेदवारले कति खर्च गरे ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ ।  शनिबार निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणाम पेस गरेसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रतिनिधिसभा तर्फ ४६ र प्रदेशसभा तर्फ ४५ उम्मेदवार रहेको कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ सांसद निर्वाचित भएका छन् ।प्रतिनिधिसभा तर्फ कास्की १ बाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागी निर्वाचित भए । प्रतिनिध

दामोदर बैरागी : पहिले वडामै हार, अहिले संसदको यात्रा

८ मंसिर, पोखरा  । अवसर आएर पनि सफलता आफ्नो पक्षमा पार्न नसक्ने ‘अभागी’ नेताको विम्ब बोकेका थिए एमाले नेता दामोदर बैरागीले । २०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने चाहना थियो, तर मतदाताले वडा सदस्यमै हराइदिए । बैरागी २०७८ सालमा एमालेको कास्की जिल्ला अध्यक्ष बन्ने प्रतिस्पर्धामा थिए । तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ […]

कास्की ३ को मतगणना सुरु, कास्की २ मा घण्टी अगाडि

पोखरा । कास्की ३ को मतगणना सुरु भएको छ । जिल्ला समन्व्य समितिको भवनमा दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । कास्की ३ मा एकलाख एकहजार ७१५ मतदाता भएकोमा ६१ हजार ४०० मत खसेको थियो । यस क्षेत्रमा नेकपा एमालेका दामोदर बैरागी पौडेल र गठबन्धनका उम्मेदवार गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन छन् แทงบอลออนไลน์ । […]

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखराः नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ४ सय ५६ मत ल्याउनु भई कास्की अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रतिस्पर्धी दामोदर बैरागी ४ सय ७ मत ल्याउनु भएको छ । एमाले कास्कीका कार्यवाहक अध्यक्ष समेत रहनु भएका गुरुङलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो । […]

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मन

एमालेको दशौं महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा भाग लिन कास्कीबाट खुलातर्फ २१, महिलातर्फ ६ र दलित तथा जनजातिबाट ५ जना प्रतिनिधि छानिएका छन् ।खुलातर्फ दामोदर बैरागी, कृष्ण थापा, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी र दीपक पौडेल महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसैगरी पुष्पज्योति ढुंगाना, विजय सुवेदी, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनब