भक्तपुरमा आगलागी, एक जनाको ज्यान गयो

काठमाण्डाै – भक्तपुरमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीकाे इट्टा र काठले बनेको तीन तले घरमा बिहान आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण घरभित्र रहेकी आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । अस्मिता सुस्त मनस्थिति र प्यारालाइ...