काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन्। पाँच दिने भ्रमणका लागि मन्त्री गहतराज रुस प्रस्थान गरेका हुन्।
रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्।