युवासँग महालक्ष्मी लाइफ अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियानको प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान सञ्चालन गरेको जनाएको छ ।कम्पनीका अनुसार ‘काम गरी आय आर्जन गरौं–बिमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई […]

सम्बन्धित सामग्री

धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बिमा जागरण अभियान

प्रताप बानियाँ, म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बिमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बिमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । […]

झापा र काभ्रेमा ‘युवासँग महालक्ष्मी’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज […]

सुरूङ्गा, बनेपा र म्याग्दीमा 'युवासँग महालक्ष्मी लाईफ'

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाइफ" कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा शुक्रवार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास उप्रेतीले र स्वागत मन्तव्य जागरण अभियानका केन्द्रीय सदस्य अम्बर बहादुर चौहानले गरेका थिए । उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त...

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण कार्यक्रम

युवा वर्गमा बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण अभियान सञ्चालन गरेको छ ।यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग –महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा कम्पनीका […]

बाग्लुङ र बेनीमा युवासँग–महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा पुस्तामा बीमाबारे जनचेतना जगाउने उद्देश्यले असोज पहिलो साताबाट सुरु गरेको युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान म्याग्दीको बेनी र बागलुङ बजारमा सम्पन्न गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ विद्यार्थीले सहभागिता जनाएको कम्पनीले बताएको छ । विद्यालयका प्रधानाध्यापक काशीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानेजर दिलमाया बिटालुले योजनाबारे अवगत गराए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिए । यस्तै, असोज १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ विद्यार्थी सहभागी कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरे । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक धमला र क्षेत्रीय प्रमुख आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिए ।

विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवामाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ विद्यार्थी सहभागी थिए । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पारे । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उप–क्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि एजेन्सी म्यानेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला समिति गठन गरिएको कम्पनीले बताएको छ । यस्तै, धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्वबारे प्रकाश पारे ।

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ । त्यस्तै […]

महालक्ष्मी लाइफको बिमा जागरण अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ नामक बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनमा देशभरका ९० भन्दा बढी अभिकर्ताका बीचमा कम्पनीले अभियान सुरुवातको घोषणा गरेको...

'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियान सुरु

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण र