हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् ।
शुक्रबार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।
गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ...