मादी बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारको राहत

विराटनगर : संखुवासभाको मादी बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक लाख सहयोग गर्ने भएको छ।बिहीबर बस दुर्घटना हुँदा १५ जनाको मृत्य भएको थियो। मृतकका परिवारलाई एक लाखको दरले राहत उपलब्ध गराउने प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए।बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बा.४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो। १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।