देश संकटमा पर्दा पनि सरकार गम्भीर भएनः प्रदीप ज्ञवाली

काठमाडौँ। नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबारबाट सुरु भएको संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। ज्ञवालीले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए।