मंसिर २९, काठामाडौं । सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ ।
कम्पनीले यस वर्ष ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा पुस १५ गते बोलाएको छ ।
उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउने भएका हुन ।
सभा आम्रपाली व्याक्वेंट बालुवाटार, काठमाडौंमा बिहान १० : ३० बजे भर्चृूअल माध्यमबाट शुरु हुनेछ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आवको लागि लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले बोनसपश्चात चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।