अर्थ मन्त्री जनार्दन शर्माले पुस मसान्तसम्ममा ३० प्रतिशत बजेट गर्न सम्बन्धि विकासे मन्त्रालयलाई निर्देशन दिएको भएपनि चालू आर्थिक वर्षको १५ पुससम्ममा जम्मा ८.५३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
यस्तो खर्च अनुसार आगामी ११ दिनमा सम्बन्धित मन्त्रालयहरूले १७.५ प्रतिशत बजेट खर्च गर्नुपर्ने चुनौती छ । पुस मसान्तमा ३० प्रतिशत खर्च गर्नुपर्ने भएपनी चालू आवको साढे पाँच महिनामा भएको पुँजीगत खर्च निरासाजनक रहेको छ ।
अर्थ समितिमा भएको चालू आवको बजेट खर्च सम्बन्धि बैठकमा सम्बन्धित विकासे मन्त्रालयले भने खर्च गर्न विभिन्न समस्या रहेको बताए...