गगन थापाले काठमाडौं-४ बाट दिए उम्मेदवारी

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनल अहिले अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा नेकपा (एमाले) ले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त […]

सभापतिले उम्मेदवारी फिर्ता लिए ऐतिहासिक हुन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। मंगलबार उम्मेदवारी दर्तापछि थापाले देउवालाई संसदीय दलको नेताको दौडबाट पछि हट्न आग्रह गरेका हुन्। ‘मेरो आग्रह...

गगन थापा र भगवती चौधरीसँग आयोगले सोध्यो प्रष्टिकरण

काठमाडौँ – निर्वाचन आयोगले कांग्रेसबाट काठमाडौँ ४ मा उम्मेदवारी दिएका गगन थापा र एमालेबाट सुनसरी ३ मा उम्मेदवारी दिएकी भगवती चौधरीसँग प्रष्टिकरण सोधेको छ। उनीहरु दुवै जनाले निर्वाचन आचार संहिता विपरीत काम गरेको भन्दै आयोगले २४ घण्टे प्रष्टिकरण सोधेको हो। कांग्रेस महामन्त्रीसमेत रहेका थापाले मतदातालाई प्रभावित पार्न सामाजिक सञ्जालमार्फत आश्वासन दिएको आयोगले जनाएको छ। डेंगीको […]

गगन थापाविरुद्ध राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

काठमाडौं : एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले उम्मेदवारी दर्ता गरेका छन्। उनले काठमाडौं क्षेत्र-४ बाट उम्मेदवारी दर्ता गरेका हुन्।यसै क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचन उठ्दै छन्।

स्वतन्त्र उम्मेदवारी दिएकाले फिर्ता लिनुस्, चुनावपछि छलफल गरौंला : गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा […] The post स्वतन्त्र उम्मेदवारी दिएकाले फिर्ता लिनुस्, चुनावपछि छलफल गरौंला : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

शेखर र प्रकाशमानले दर्ता गराए उम्मेदवारी (तस्वीर)

काठमाडौं : नेपाली कांग्रेसका नेताद्वय डा.शेखर कोइराला र प्रकाशमान सिंहले पार्टीको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।सिंहले बाजागाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता गराएका हुन्। उनीसँगै उनको प्यानलबाट उपसभापति उम्मेदवार सुजाता कोइरालाले पनि मनोनयन दर्ता गरेकी छिन्। त्यस्तै डा. शेखर कोइरालाले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। कोइरालाको प्यानलमा उपसभापति चन्द्र भण्डारी र धनराज गुरुङ छन्। महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्। सहमहामन्त्रीमा खस आर्यबाट

शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई उमेदवार बनाउन लाग्नुभएको हो । नेता शेखर कोइरालाको समूहबाट उपसभापतिमा चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने तयारी रहेको छ । यस्तै अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यबारे छलफल भैरहेको नेताहरुले बताएका छन् ।

गगन थापा खुले पौडेल समूहमा

काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् […] The post गगन थापा खुले पौडेल समूहमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापा पौडेल समूहमा

नेपाली कांग्रेसका महामन्त्रीमा दाबेदारी गर्ने घोषणा गरेका युवा नेता गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा खुलेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले बिहीबार साझा उम्मेदवार तय गर्न प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा...

कांग्रेसको पौडेल पक्षमा खुले गगन थापा

नेपाली कांग्रेसको युवा नेता गगन थापा महाधिवेशनको सम्मुखमा संस्थापन इतर समूहमा खुलेका छन् ।  कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थापा आज रामचन्द्र पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन् ।  पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ ।  सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षको सेटमा रहने संकेत गरेका हुन् ।  अघिल्लो महाधिवेशनमा थापा कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्म...