यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ । प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । यसपालि गत शनिबार साँझ नै त्रयोद