बीबीसी। भारतमा सन् २०२१ को अन्तसम्म सबैलाई कोरोनाविरुद्ध खोप लगाउने योजना तयार पारिएको छ। विभिन्न फर्मा कम्पनीसँग छलफलपछि यस्तो योजना तयार पारेको केन्द्रीय गृह राज्यमन्त्री जी. किशन रेड्डीले बताए। यसका लागि २ अर्ब ५० करोड डोज खोप चाहिने उनले जनाए। भारतले रुसको स्पुतनिक भी खोप लगाउन सुरु गरिसकेको छ भने फाइजर र जोन्सन एण्ड जोन्सनको खोप पनि ल्याउने जनाएको छ।