काठमाण्डाै - सरकारले बाँदरबाट भएको क्षतिमा पनि किसानलाई राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको क्षतिमा पनि राहत दिन थालेको हो ।
वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा बाँदरबाट हुने क्षतिमा पनि क्षतिपूर्ति दिने उल्लेख छ । सरकारले यसअघि हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली, बँदेल, अर्ना, मगर गो...