धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन् । मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए । धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।